आज बकर इद, सार्वजनिक बिदा

eid_nepalsutra__1351419663असोज ८  । काठमाडौँ, आज मुस्लिम धर्मावलम्बीहरुले बकर इद धुमधामपूर्वक मनाउँदैछन् । सरकारले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इदमा शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने यस पर्वमा मुस्लिम धर्मावलम्बलीले धर्मले स्वीकार गरेको चौपाया जनावर कुर्बानी बलि दिने गर्छन् । कुर्बानी गरेको जनावरको मासु मुस्लिम धर्मावलम्बीले एक भाग आफूले खाने, एक भाग इष्टमित्र र एक भाग गरिबलाई खुवाउने परम्परा छ ।

सम्बन्धित शिर्षकहरु