भदौ ५, विराटनगर । हालसालै अाएको बाढीले मोरङका महेश मण्डलको घरलार्इ डुबानमा पार्यो । भिखारी संघ मोरङका अध्यक्ष रहेका महेश मण्डलको घरमा हिजो सुरक्षाकर्मीले रु तीन लाख १५ हजार रकम बोरामा राखिएकाे अवस्थामा फेला पर्यो । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएपछि नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा रु तीन लाख १५ हजार रकम सहितको बोरा फेला परेको हो ।
अधिकांश नोट भिजेको अवस्थामा एक हजारको नोट एक लाख नौ हजार र बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन् । मण्डल अशक्त छन् त्यसैले एक्कासि बाढीको पानी घरभित्र पस्दा नोटको बोरा निकाल्न नसकेको हुनसक्ने अनुमान गरीएको छ ।








