अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता

एजेन्सी। रुस र युक्रेनको युद्ध विवादको सम्बन्धमा आज अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच फोन वार्ता भएको छ। पछिल्लो समय रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकाले सहयोग गर्न सबै देशलाई आह्वान गर्दै आएको छ।

बाइडेन र जेलेन्स्की बीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ। उक्त कुराकानीमा दुबै राष्ट्रपति बिच सहयोगको सन्दर्भमा छलफल भएको संचार माध्यमहरुमा बताइएको छ।

‘हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायता सम्बन्धी हुनेछ,’ जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ।

राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि उनले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कूटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए। अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्की बीच झण्डै एक घण्टा कुराकानी भएको अधिकारीहरू संचार माध्यमहरुले एवं ले जनाएका छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ। अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ। अमेरिकाले बेला बेलामा रुसले युक्रेन माथी आक्रमण गरेर गल्ती गरेको भन्दै तत्काल यो युद्ध बिराम गर्नु पर्ने भनेर आफ्नो स्पष्ट धारणा राख्दै आएको पनि छ। [Ausnepalnews:Kathmandu]

सम्बन्धित शिर्षकहरु