‘भिजिविलिटी’ का कारण आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित

काठमाडौं । ‘भिजिविलिटी’ का कारण आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित भएको जानकारी त्रिभुवन विमानस्थलले गराएको छ। कम ‘भिजिविलिटी’ का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित भएका छन् ।

प्राय बिहानै देखि मौसममा खराबी आएको हुँदा हवाई उडानमा निकै कठिनाइ आएको छ। प्राय बाह्य र आन्तरिक उडान अवतरणमा केहि समस्या देखिएको विमानस्थल स्रोतले जनाएको छ ।

यस्तै बाहिरबाट आएको एअर अरेबियाको जहाजले नेपालको आकाशमाथि कयौं पटक फन्का लगाएपछि मात्रै बल्ल अवतरण हुन सक्यो। यस्तै पोखराबाट काठमाण्डौका लागि उडेको जहाजले पनि केहि समय आकाश मै फन्का लगाएर केहि बेर पछि मात्रै अवतरण गरिएको छ। 

यसरि मौसममा सुधार नआएसम्म विमानस्थलबाट हुने आन्तरिक र बाह्य उडान अवतरण प्रभावित हुने र केही उडान रद्द नै हुने विमानस्थल कार्यालयले जनाएको छ। समयमै मौसममा सुधार आए हरेक उडान अवतरण यथावत नै हुने जानकारी स्रोतको छ।

सम्बन्धित शिर्षकहरु