रसुवामा एक सैनिक सहित दुई जनाको शव फेला

वैशाख २५ ।रसुवा,मैलुङ इलाका क्षेत्रमा हराइरहेका एक सैनिक सहित दुई जनाको शव फेला परेको छ ।
नारायण दल गणका अनुसार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सडक निर्माण गर्ने क्रममा ल्याइएको विस्फोटक पदार्थको सुरक्षामा तैनाथ कञ्चनपुर घर भएका सिपाही केशव विष्टको शव फेला परेको हो ।
लाङ्टाङ गाविसमा पहिरोले पुरिएका १० जना नेपाली सेनाको खोजी कार्य भइरहेको बताइएको छ ।
यस्तै उक्त आयोजनामा काम गर्ने रामेछाप जिल्ला पकरबास–४ बस्ने विष्णु मैनाली पनि मैलुङ क्षेत्रमै मृत अवस्थामा फेला परेको र दुवैको शव परीक्षणका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु