एजेन्सी- अफगानिस्तानका बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई अमेरिका र युरोपेली देशको आग्रह गरेका छन। तालिबानले सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्ने निर्णय गरेको केही घण्टामा नै बुधवार फेरि बन्द गर्ने घोषणा गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। एक्कासि यसरी स्कुल बन्द गर्ने निर्णयको निन्दा गर्दै अमेरिका र युरोपेली देशले बालिकाको पढ्न पाउने अधिकारको संरक्षण गर्न र भविष्य अन्धकारमा जानबाट रोक्न आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ । तालिबानको शक्ति केन्द्र मानिएको कान्दाहारमा बालिकाको लागि पढाइ र अन्य क्रियाकलापमा निकै मुस्किल पर्दै गइरहेको छ । बालिका स्कुल नखोलेमा तालिबान सरकारले सहयोग नपाउने पनि अमेरिका र युरोपेली देशले चेतावनी दिएका छन। बालिकाको पढ्न पाउने अधिकार यसरि खोसिनु हुदैन भनेर अमेरिका र युरोपेली देशहरुले तालिवान सरकारलाई हार्दिक अनुरोध गर्दै बालिका निम्ति स्कुल चाडै खोलिनु पर्छ र उनीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गरिनु पर्छ भनेर आग्रह समेत गरेका छन । [Ausnepalnews:Kathmandu]








