हट्याे अस्पताल जाँदा पीसीआर परीक्षणकाे व्यवस्था, खोप कार्ड अनिवार्य

काठमाडौं । सरकारले उपचारका लागि अस्पताल भर्ना हुनुपर्दा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने व्यवस्था हटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन निर्देशन दिएको हो ।

तर, यसका लागि खोप कार्ड अनिवार्य रुपमा देखाउनु पर्नेछ। सरकारले यो निर्णय २३ फागुनमै लागू गरेको थियो। तर, कतिपय स्वास्थ्य संस्था तथा अस्पतालले अझै पनि अनिवार्य रुपमा पीसीआर परीक्षण गराउँदै आएका छन्।

मन्त्रालयले खोप कार्ड देखाएर पीसीआर परीक्षण नगरी उपचार गराउनसमेत सबै स्वास्थ्य संस्था तथा अस्पताललाई परिपत्र गरेको छ।

कोरोना महामारी सुरु भएदेखि नै उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण अनिवार्य गरिँदै आएको थियो।

सम्बन्धित शिर्षकहरु