रुस-युक्रेन युद्ध सुरु भए यता झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्डतिर प्रस्थान

काठमाडौं । युक्रेनमा युद्ध सुरु भएयता झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको बिभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन।

हाल सम्म युद्ध सुरु भएपछि पोल्यान्ड आएका झन्डैै पाँच लाख मानिस अन्यत्र गइसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासन सम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताएका छन्। यसरि देश छोड्ने युक्रेनि नागरिकहरुको संख्या हरेक दिन बढ्दै गएको छ! अस्ति बुधबार मात्र ६०,००० मानिसले सीमा पार गरेको सीमा सुरक्षाबलले जनाएको छ।

उक्त सङ्ख्या मङ्गलवारको भन्दा करिब ११ प्रतिशतले कम हो। यसरि कुनै दिन अलि थोरै त कुनै दिन अत्यधिक मात्रामा देश बाहिनेहरुको संख्या बढिरहेको छ। आजको दिन बिहीवार जीएमटी ठिक ६ बजेसम्म १२,००० जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधवार सोही अवधिमा सीमा पार गर्ने मानिसको सङ्ख्या १३,६०० थियो। यसरि हरेक दिन पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन्। युद्ध यता युक्रेनि नागरिक देशबाट बाहिरिने क्रम बढ्दै गइरहेको जानकारी अन्तर्राष्ट्रिय संचार माध्यमहरुले गराएका छन ।

सम्बन्धित शिर्षकहरु