युक्रेनले कृषि उत्पादन निर्यातमा लगायो प्रतिबन्ध, देशमा खाद्य संकट रोक्न प्रयास

काठमाडौँ । युक्रेनी सरकारले गहुँ, मकै, अनाज, नुन र मासु लगायतका प्रमुख कृषि वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने भएको छ ।

सरकारले युक्रेनबाट ओट्स, कोदो, गहुँ, चिनी, नुन, गहुँ, मासु, साथै गाईवस्तु र यसका उप-उत्पादनहरू निकासी गर्न निषेध गरेको हो ।

युक्रेनका कृषि नीति र खाद्य मन्त्री रोमन लेस्चेन्कोले युक्रेनमा मानवीय संकट रोक्न र आवश्यक खाद्य उत्पादनहरूमा जनसंख्याको आवश्यकता पूरा गर्न यस्तो कदम चालिएको बताएका छन् ।

युरोपेली आयोगको तथ्यांक अनुसार युक्रेन कृषि उत्पादनको युरोपको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।

संयुक्त रूपमा, रूस र युक्रेनले विश्वव्यापी गहुँ निर्यातको लगभग ३० प्रतिशत भाग ओगटेका छन् ।

युक्रेनमा रुसको आक्रमणपछि विश्व बजारमा गहुँको मूल्य २००८ यताकै महँगो भएको छ ।

सम्बन्धित शिर्षकहरु