अस्ट्रेलिया बस्दै आएकी आना ढकालको डेब्यु फिल्म ‘लप्पन छप्पन २’

काठमाडौं । मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको चलचित्र रहेको ‘लप्पन छप्पन २’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ।

पाँचवर्ष यता अस्ट्रेलिया बस्दै आएकी आना ढकालले यो फिल्मबाट डेब्यु गर्दैछिन्। कार्यक्रम प्रस्तोता तथा गायिका समेत रहेकी उनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

अस्ट्रेलियामा हुने विविध कार्यक्रमहरूको प्रस्तोताका रुपमा पनि उनले थुप्रै कार्यक्रम सञ्चालन गरिसकेकी छन् ।
चलचित्र ‘लप्पन छप्पन २’ मा अर्पण थापाको अपोजिटमा देखिएकी ढकाल अन्य चलचित्रमा निरन्तर काम गर्ने बताउँछिन्। विदेशमा बसेर पनि नेपाली चलचित्रलाई माया गर्ने उनी नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउने प्रयासमा लागि रहेको बताउँछिन्।

‘लप्पन छप्पन २’ मा नेपाल र विदेशमा छायाङ्कन गरिएको चलचित्रमा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको छ।

ट्रेलरले मुख्य पात्रले निर्वाह गरेको चरित्रलाई पनि उजागर गरेको छ। एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट,आना ढकाल लगायतका कलाकारको अभिनय छ।

सम्बन्धित शिर्षकहरु