कच्चा तेलको मूल्यमा उतारचढाव कायमै, प्रतिव्यारेल ११५ डलर नाघ्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ११५ डलर नाघेको छ । रसिया–युक्रेन बीचको द्वन्द्वको प्रभाव अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा परेको छ ।

कच्चा तेलको मूल्यमा उतारचढाव आउने क्रम जारी छ । आयल प्राइस डटकमको बिहीवार १ बजेको मूल्यअनुसार कच्चा तेलको मूल्य प्रतिव्यारेल नै ११९ डलरसम्म पुगेर ११४.६८ डलरसम्ममा झरेको छ ।

प्रतिव्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५७ प्रतिशतसम्मले बढेको छ । डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिव्यारेल ११४.६८ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो । कच्चा तेल प्रतिव्यारेल १५९ लिटर हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढेका कारण नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले पठाउने हरेक १५ दिनको नयाँ मूल्यमा पनि बढेर आउने गरेको छ ।

आयल निगमको लागत अहिले पेट्रोलमा नै प्रतिलिटर १६५ पुगिसकेको छ तर निगमले उपभोक्तालाई लिटरमै २० रुपैयाँ घाटा खाएरै प्रतिलिटर १४५ रुपैयाँमै उपलब्ध गराइरहेको छ । निगमले घाटा कम गर्न अन्तर्राष्ट्रिय बजारबाट बढेर आउँदा नेपालमा पनि मूल्य गराउने गरेको छ ।

सम्बन्धित शिर्षकहरु