काठमाडौं । रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो पाँच दिन भित्रै कँतीमा २२७ जना सर्वसाधारणको मृत्यु भएको संयुक्र राष्ट्रसंघले जनाएको छ ।
रुसले एक हप्ताअघि युक्रेनमा पूर्ण आधारको आक्रमण थालेको हो । फेब्रुअरी २४ मा सुरु भएको आक्रमणको पहिलो पाँच दिनमै २२७ जना सर्वसाधारण मारिएको तथा अरु ५२५ जना घाइते भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले जनाएको छ ।
गोलबारी, मिसाइलसहितका ठूलो क्षेत्रमा असर पर्ने बिस्फोटक पदार्थका कारण सर्वसाधारण मारिएको जेनेभामा रहेको मानवअधिकार उच्चायोगले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
रुसी आक्रमणका कारण मारिने सर्वसाधारणको वास्तविक संख्या आफूहरुले पुष्टि गरेको भन्दा धेरै हुन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । युक्रेन सरकारले रुसको निशानामा मृत्यु हुनेको संख्या निकै धेरै रहेको बताउँदै आएको छ ।
अहिले पनि युक्रेनमा रुसको आक्रमण जारी छ । युक्रेनका सुरक्षाकर्मी तथा स्वयम्सेवीहरुले रक्षात्मक आक्रमण गरिरहेका छन् ।








