‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

काठमाडौं । ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ ।

‘चिसो एस्ट्रे’मा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, श्रृष्टि श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्मका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना हुन् ।

महेशबाबुलाई प्रविन स्याङ्बा र सुस्मिता पराजुलीले फिल्मको निर्माणमा सघाएका छन् ।

फिल्ममा अजर जंगमको संगीत, उज्ज्वल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ । चलचित्र ४ चैतबाट प्रदर्शन हुन तय भएको छ ।

दिनेश पाल्पालीले निर्देशन गरेको यो फिल्ममा आधुनिक बन्न खोज्दा आफैँलाई गुमाउन खोजेको युवाको कथा उठाएको छ । यो फिल्ममा कथा पनि दिनेशकै छ ।

सम्बन्धित शिर्षकहरु