अब अष्ट्रेलियामा नेपाली पहिचानकै पशुपतिनाथ, बौंद्ध मन्दिर तथा विश्व शान्ति आश्रम

असनेपाल न्युज/अष्ट्रेलिया । अष्ट्रेलियामा आवशिय रुपमै ध्यान, योग संस्कार साधना तथा शिव, बुद्ध दर्शन , आयुर्वेद र प्राकृतिक श्वास्थ्य अभ्यासका लागि आफ्नै नेपाली शान्ति आश्रम उपलब्ध भएको छ ।

३२ रोपनीको कम्पाउन्डबीचको २०० वर्ष पुरानो पुरातात्विक चर्च भवन अब शिवालय र बौंद्ध विपश्यना ध्यान केन्द्र परिणत भएको हो ।

भने २ वटा ड्याम (तलाउ) सहितको १५ हेक्टर जमिन नेपाली गौशालालाई उपलब्ध भएको छ ।

ओरेन्ज, बाथस्ष्ट,क्यानवेरा, काउरा ,सिडनी शहरको मध्य भाग स्थित एतिहासिक शहर ‘लिन्डस्ट’मा व्यस्त दिनचर्या बाट विश्राम लिन वा विदाको सदुपायोग गर्दै आन्तरिक शान्ति वोध गर्न पाल्नको लागि अन्तराष्ट्रिय योगगुरु आर्चाय राजन शर्मा भिमसेन सापकोटाले आग्रह गर्नु भएको छ ।

आफ्नै हेलिप्याड, फुटबल मैदान , क्याम्पिङ्ग स्थल ,सहितको यो आश्रममा अष्ट्रेलियन योग अलायन्स द्वारा मान्यता प्राप्त आवसिय योग प्रशिक्षणलाई अध्यापन गर्न विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले ईजाजत समेत हासिल गरेको छ ।

सम्बन्धित शिर्षकहरु