अष्ट्रेलियाविरुद्धको सिरिजका लागि पाकिस्तानी टिममा खेलाडी परिवर्तन

काठमाडौं । अष्ट्रेलियाविरुद्धको तीन टेष्ट सिरिजका लागि पाकिस्तानी क्रिकेट टिममा दुई खेलाडीलाई बोलाइएको छ । जसमा तिब्र गतिका बलर हरिश रउफ र ओपनिङ ब्याट्सम्यान सान मक्सुद छन ।

सुरुवातमा १६ जना खेलाडीलाई टिममा बोलाउँदा दुबै खेलाडी अटाएका थिएनन् । तर विलाल असिफलाई ड्रप गर्दै दुई खेलाडीलाई टिममा राखेको हो ।

रउफले पाकिस्तानका लागि एकदिवसिय र टी २० खेलेपछि टेष्टमा भने उनको डेब्यु हुनेछ । यसअघि उनी जिम्बाबे र दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजमा टिममा रहेपनि खेल्न भने पाएका थिएनन् ।

सान मसुदले अबिद अलीलाई रिप्लेस गरेका हुन । अली हाल श्वास्थ्य अवस्था ठिक नहुँदा रिह्याबमा रहेका छन । गत डिसेम्बरमा उनको मुटुमा सकस्या आएको थियो ।

अष्ट्रेलियाविरुद्धको सिरिजका लागि पाँच जना रिजर्भ खेलाडीपनि राखिएको छ । जसमा यासिर शाह, सरफराज अहमद, मोहम्मद अब्बास, नसिम शाह, कमरान गुलाम छन ।

पाकिस्तानले घरेलु भूमीमा मार्च चारबाट टेष्ट सिरिज खेल्नेछ । पाकिस्तान टिमले फेब्रेवरी १६ बाट आफ्नो तयारी सुरु गर्नेछ ।

सम्बन्धित शिर्षकहरु