अष्ट्रेलिया प्रवेश गर्नेले एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिए थप प्रमाणित गर्न पीसीआर गर्न नपर्ने

अस नेपालन्युज/अष्ट्रेलिया । अष्ट्रेलियामा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा ५५ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ५५ हजार ५ सय ८४ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि आज बसेको अष्ट्रेलियाको राष्ट्रिय मन्त्रीपरिषदको बैठकले अष्ट्रेलिया प्रवेश गर्नेले एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिए थप प्रमाणित गर्न पीसीआर गर्न नपर्ने नियम बनाएको छ ।

विदेशबाट आउने ९९ प्रतिशतले दुबै खोप लगाएर आउने गरेको तथा उनीहरुबाट कोभिड संक्रमण दर निकै न्युन रहेकाले पटक पटक परिक्षण गनुपर्ने नियम हटाइएको प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो ।

कोभिड परिक्षण गर्नेको संख्या बढेसंगै रिपोर्ट आउन ढिलाई हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यसअघि विदेशबाट आउने यात्रुले राज्य अनुसार पहिलो २४ घण्टा, पाचौं दिन, सातौं दिनमा थप परिक्षण गनुपर्ने नियम थियो ।

सम्बन्धित शिर्षकहरु