अष्ट्रेलिया । साउथ अष्ट्रेलियाले क्वारेन्टिन बस्नु पर्ने नियम हटाएको छ । जनवरी १ तारिखदेखि कोरोनाको मान्यता प्राप्त पुरा खोप लगाएका विदेशी विद्यार्थीहरु प्रवेश दिएसँगै क्वारेन्टिनको नियम हटाएको हो ।
साउथ अष्ट्रेलियाको सरकारी वेवसाइटमा उपलब्ध जानकारी अनुसार विद्यार्थी लगायत विदेशबाट आएका यात्रुले २४ घण्टा भित्र कोरोनाको परिक्षण गरेर नेगेटिभ रिपोर्ट नआउदासम्म आइसोलेसनमा भने बस्नुपर्नेछ ।
त्यस्तै साउथ अष्ट्रेलिया आएको सातदिनसम्म उच्च जोखिम हुने स्थानहरु जस्तै अस्पताल, एजकेयर होम जस्ता स्थानमा जान भने पाइनेछैन । अन्य राज्यहरुमा यसअघि नै आइसकेका विद्यार्थीहरुले त्यस राज्यको नियम पालना गरिसकेपछि साउथ अष्ट्रेलिया प्रवेश पाउनेछन् ।








