अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढ्यो, न्यु साउथ वेल्समा सबैभन्दा धेरै

अष्ट्रेलिया । अष्ट्रेलियामा पहिलोपटक कोभिड–१९ का १० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै अष्ट्रेलियामा नयाँ संक्रमितको संख्या पनि ह्वात्तै बढेको हो।

अष्ट्रेलियाको न्यु साउथ वेल्समा सोमबार सबैभन्दा धेरै ६ हजार ३२४ नयाँ संक्रमित थपिएका छन्।

यो राज्यमा ५५ जना संक्रमित आईसीयूमा भन् छने ५२० जना अस्पतालमा भर्ना भएका छन्।

त्यस्तै भिक्टोरिया राज्यमा करिब २ हजार नयाँ संक्रमित थपिएका छन्।

क्वीन्सल्याण्डमा ७८४ नयाँ संक्रमित थपिएका छन् भने साउथ अष्ट्रेलियामा ८४२ नयाँ संक्रमित थपिएका छन्।

कोरोना संक्रमण नियन्त्रणको लागि लामो समयदेखि आफ्नो वैदेशिक सीमा बन्द राखेको अष्ट्रेलियाले सीमा खुला गरेसँगै संक्रमण पनि अहिलेसम्मकै उच्च बनेको हो।

सम्बन्धित शिर्षकहरु