‘ओमिक्रोन’ भाइरसको असर: अस्ट्रेलियाले तत्काल सीमा नाका नखोल्ने

अस्ट्रेलिया । अस्ट्रेलियामा अझै केहीदिन अन्तर्राष्ट्रिय सीमा नाका खुला नहुने भएको छ। त्यहाँको सरकारले यसअघि बुधबारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने बताएको थियो।

तर नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएको भन्दै केहीदिन सीमा नाका नखोल्ने अस्ट्रेलिया सरकारले निर्णय गरेको हो ।

प्रधानमन्त्री स्कट मरिसनले दुई साता नयाँ कोरोनाबारे अनुसन्धान गर्न भन्दै तत्काल सीमा नाका नखोल्ने निर्णय गरेका हुन्।

यसअघिको निर्णयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने भनिएको थियो। हालको निर्णयसँगै अष्ट्रेलिया जानलागेका कामदार तथा विद्यार्थीहरुलाई भने असर परेको छ।

यसअघिको निर्णले नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु पनि १ तारिखदेखि नै उड्ने तयारीमा थिए।

तर अब कम्तिमा पनि डिसेम्बर १५ सम्म अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन्। अष्ट्रेलियन नागरिकहरुलाई नै भने सीमामा प्रवेश रोक लगाइने छैन।

सम्बन्धित शिर्षकहरु