भारतमा भन्दा नेपालमा इन्धनमा मूल्य कम हुँदा तस्करी बढ्ने खतरा

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नेपालमा भारतमा भन्दा सस्तो हुँदा नेपालबाट भारतमा डिजेल, पेट्रोलको चोरी तस्करी थप बढ्ने जानकारहरुले बताएका छन ।

निगमले यसअघि सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा नाकामा हुने पेट्रोलियम पदार्थको अपचलन तथा तस्करी नियन्त्रणको कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताएको छ । तर पनि तस्करी बढ्ने अनुमान गरिएको छ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो हुने गरेपछि सीमा क्षेत्रबाट यसअघि पनि इन्धन तस्करी हुँदै आएको छ ।

विगत धेरै बर्षदेखि नेपाल-भारत खुला सिमानाको फाइदा उठाउँदै लुकीछिपी भारततर्फ इन्धन तस्करी हुँदै आएको भए पनि कतिपय घटनामा ट्याङकर व्यवसायीहले नै फल्स बटम बनाएर नेपालमा तेल भरी भारत तस्करी गर्ने गरेको देखिएको छ ।

तस्करी गर्ने समूह र अपचलन गर्ने ढुवानीकर्ता अर्थात ट्याङकरहरुलाई निगमले कारवाही गर्दै आएको भए पनि खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करी पूर्ण नियन्त्रण भने हुन सकेको छैन ।

निगमका प्रवक्ता विनित मणि उपाध्यय भन्छन्,‘ कतिपय फल्स चेम्बर बनाई इन्धन लुकाइ भारत लगेर बेच्ने र निगमलाई हानी नोक्सानी पुर्याएर ठगी गर्नेलाई कारवाही गर्दै आएका छौं । प्रहरी प्रशासनसँग सहकार्य गरेर कारवाही गर्ने गरेका छौं ।

नियन्त्रणका अनेक प्रयासहरु भएका छन’, उनले भने, इन्धन तस्करी रोक्न प्रदेश तथा स्थानीय तहका कार्यालयलाई दैनिक सीमानाका क्षेत्रका पेट्रोलपम्पको निरीक्षण गर्ने, आफ्नो बिक्री क्षेत्रभित्र परेका तथा नेपाल-भारत सीमानाकादेखि हुलाकी राजमार्गसम्मका पेट्रोल पम्प, हुलाकी राजमार्गमा अवस्थित पेट्रोलपम्प तथा हुलाकी राजमार्गबाट उत्तरतर्फ न्यूनतम पाँच किलोमिटर क्षेत्रभित्रका पेट्रोलपम्पको बिक्री अनुगमन गर्न निर्देशन पनि दिइसकेका छौं ।’

सम्बन्धित शिर्षकहरु