विभिन्न विद्वानको जीवन बदल्ने प्रेरक भनाई ‘लक्ष्य नै नराखिकन बाँच्नुभन्दा….’

काठमाडौं । समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निम्तो दिनु हो । हरेक समस्याको डटेर सामाना गर्न सके हाम्रो जीवन खुशी र सुखले भरिन्छ । समस्यासँग जुध्नको लागि हामीलाई अरुको प्रेरणाको आवश्यकता पर्दछ ।

जसलाई हामीले यहाँ उल्लेख गरेका छौँ ।

हेर्नुस् विभिन्न विद्वानको जीवन बदल्ने प्रेरक भनाई

अब नरोऊ किनभने अब यो सकियो बरू हासँ किनभने यसको सुरूवात भएको छ ।
– डा. सिअस्

तिमी जो हौ सो बन बाँकी अरू सबै प्रयोग भइसकेका छन् ।

– ओस्कार वाइल्ड

तिमी एकपटक मात्र जिउछौ तर यसलाई सही तरिकाले जिउछौ भने यति नै काफी हुन्छ ।

– मेइ वेस्ट

पुस्तकहरू विनाको कोठा आत्मा विनाको शरीर जस्तै हुन्छ ।

– सिसेरो

तिम्रो अनुमतीविना कसैले तिमीलाई होच्याउन सक्दैन ।

– इलेनोर रूजवेल्ट

तिमी नै त्यो परिवर्तन बन जुन तिमी यो संसारमा देख्न चाहन्छौ ।

– महात्मा गान्धी

दुई चिज अनन्त छन् : ब्रह्माण्ड र मानविय मूर्खता । तर ब्रह्माण्डको बारेमा म ढुक्क छैन ।

– अल्बर्ट आइन्स्टाइन

यसरी नाच जस्तो कसैले हेरेको छैन, यसरी माया गर जस्तो कुनै घात हुनेछैन, यसरी गाउ जस्तो कसैले सुनेको छैन र यसरी बाँच जस्तो पृथ्वीको यो स्वर्ग हो ।
– विलियम पुर्के

तिन शब्दमा भन्दा मैले जीन्दगीको बारेमा सिकेको कुरा हो : यो अघि बढिरहन्छ ।

– रोबर्ट फ्रस्ट

मेरो पछी नहिड, मैले नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि नहिड मैले तिम्रो पिछा नगर्नपनि सक्छु । बरू मेरो छेउमा हिड र मेरो साथी बन ।
– अल्बर्ट कामु

तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् ।

– भर्जिल

आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो ।
– अनवर सादत

लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ?
– खलिल जिब्रान

झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ ।

– राल्फ वाल्डो इमर्सन

मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन ।
– अब्राहम लिंकन

तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो – गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु ।
– अल्बर्ट हुबार्ड

यदि तपाईसित जित्ने आकांक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ ।
– डेबिड एम्ब्रोज

मेरो उन्नतीको रहस्य हो – कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु ।
– अल्बर्ट आइन्स्टाइन

सम्बन्धित शिर्षकहरु