अष्ट्रेलियाको समुदायमा लोकप्रिय विशेषज्ञ सर्जन डा. कुश श्रेष्ठको निधन

अष्ट्रेलिया/असनेपाल न्युज । अष्ट्रेलियाको समुदायमा लोकप्रिय रहनु भएका विशेषज्ञ सर्जन डा. कुश श्रेष्ठको निधन भएको छ ।

डा श्रेष्ठ अष्ट्रेलियाको चिकित्सकहरु मध्ये चर्चित व्यक्तित्व हुनुहुन्थ्यो जसले समाजसेवा र आफ्नो पेशालाई नियमित रुपमा लिएर जानु भएको थियो ।

नेपालको अस्पताल तथा चिकित्सकहरुलाई समेत अधुनिक प्रविधि र तालिम दिलाउन लागि परेका श्रेष्ठको आइतबार निधन भएको हो ।

अष्ट्रेलिया र नेपालको नेपाली समाजमा निकै सक्रिय सामाजिक अभियन्ता डाक्टर कुशले कोरोनाको समयमा समेत नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहनु भएको थियो ।

उहाँले नेपालको कर्णाली जिल्लामा १५ बेडको कोभिड अस्पताल र एम्बुलेन्स सेवाको सहयोग गर्नुभएको थियो । निकै मिलनसार र सधै समाजका लागि केही गर्नुपर्छ भन्ने सोचका धनी कुश अष्ट्रेलियन नेपलिज मेडिकल एण्ड डेण्टल एशोसियसन (आम्डा) का महासचिव समेत हुनुहुन्थ्यो ।

उहाँको देहान्तले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ । दक्षिण अष्ट्रेलियाको एडिलेडमा आधार बनाई विभिन्न राज्यामा कार्यरत डा श्रेष्ठ डार्बिनमा समेत कार्यरत हुनुहुन्थ्यो ।

लामो समयदेखि क्रियाशिल डा श्रेष्ठ अनुभवी व्यक्तित्व भएर पनि देश सेवामा लाग्नु भएका व्यक्तित्वको रुपमा चिनिनुहुन्थ्यो ।

उहाँको थप जानाकारी आउन बाकी नै रहेको निकटम मित्र दिपक विष्टले अस नेपाल न्युजलाइ बताए । उहाँ श्रीमती र दुई छोरासहित साउथ अष्ट्रेलियाको एडिलेडमा बस्दै आउनुभएको थियो । अल्पआयुमै कुशको निधनले नेपाली समाजलाई अपुरणिय क्षति पुगेको छ ।

सम्बन्धित शिर्षकहरु