श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न काँग्रेस सभापति देउवाको निर्देशन

काठमाडौँ, २ साउन (रासस) ः नेपाली काँग्रेसले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतसमेतका व्यक्तिसँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने भएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको सहभागितामा भएको बैठकले यस्तो निर्णय गरेको हो । छलफल एवं परामर्श पश्चात क्रियाशील सदस्यता छानविन समितिले पेश गरेको निर्णय बमोजिमको पत्र अनुरुप केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बस्नेत समेतका व्यक्तिसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्र्टी विधान बमोजिम तीन दिनभित्र कार्वाहीको टुङ्गो लगाउन पार्टी अनुशासन समितिलाई सभापति देउवाले निर्देशन दिनुभएको काँग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्रियाशील सदस्यताका विषयमा शुक्रबार बस्नेतलगायतले केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गरेको समाचार सार्वजनिक भएपछि आज बसेको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।–––पूर्णप्रसाद मिश्र

सम्बन्धित शिर्षकहरु