असनेपाल न्युज संवाददाता । बालकोट, भक्त्तपुर । सर्वोच्च अदालतको आदेश अनुसार पदमुक्त्त भएका पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आज दिउसो आफ्नो नीजि वासस्थान भक्त्तपुरको बालकोटमा फर्किएका छन ।
कार्यकर्ताहरुको भीडसँगै दिउँसो करिब एक बजेतिर बालकोट पुगेका ओलीलाई बाजागाजासहित स्वागत गर्न बालकोट चोकमा छुट्टै समूह बसेको थियो । सडकमा मोटरसाइकल र्याली सहित ओलीका बिशाल तस्वीरहरु तथा सूर्यअंकित चिन्ह भएको झण्डा फरफहराउदै जुलुस ओलीलाई पछ्याउदै थियो ।








नेता तथा कार्यकर्ताले ‘केपी ओली जिन्दावाद ! आइ लभ यू केपी बा ! लगायत नाराका साथ होहल्ला गर्दै बालकोट पुग्दा यस सडकमा मानिस छिर्न समेत नसकेन अवस्था थियो ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओली बुधबार बिहान साढे ११ बजेतिर बालुवाटारबाट बिधाई भएका हुन ।
बालुवाटारबाट निस्कँदा गेटदेखि सुरु गरेको नारा-जुलुसको समूह बालकोट सम्म पुगेर बिशाल समूहमा परिणत हुँदा प्रहरीलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।








