संविधान संशोधन प्रस्ताव थाती राखेरै निर्वाचनमा जानुपर्छ : उपमहासचिव पौडेल

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थ मन्त्रि विष्णु पौडेलले संविधान संशोधन प्रस्ताव थाती राखेरै निर्वाचनमा जानु पर्ने बताएका छन। प्रवासी नेपाली मञ्च अष्ट्रेलियाद्वारा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै पौडेलले अहिलेको पहिलो आवश्यकता निर्वाचननै रहेकाले सबै पार्टिहरु एकजुट हुनै पर्नेमा जोड दिए।

 

 

 

 

 

 

 

 

 

 

 

 

संविधानको रक्षा र कार्यनयन गर्दै अव देश विकासमा लाग्ने बेलाभएको पौडेलले वताए। प्रवासमा रहेका थुप्रै नेपालीहरु आफ्नो ज्ञान र सिप लिएर नेपाल फर्कने वातावरण अब छिट्टै हुने पनि बताए। चिन र भारत जस्ता ठूला राष्ट्रहरुले आफ्ना नागरिकलाई अवसरकै निम्ती आफ्नै मुलुक फर्काए जस्तै अब केहि समय पछिनै नेपालीहरु आफ्नो ज्ञान,सिप लिएर नेपाल फर्कने दाबीगरे। रेलमार्ग,अन्तराष्ट्रिय विमान स्थल,विकास निर्माणका पूर्वधारहरु बन्ने प्रक्रियामा रहेको साथै छ लेनको सडक हेर्नकै निम्ती चिन ,भारत तथा अन्य मुलुक नै जान नपर्ने बताए। सहभागिहरुले राखेको जिज्ञासा पैडेलले आफुले कहिल्लै पनि पद नखोजेको र देश र जनताको हितकै लागि जिम्वेवारि दिईन्छ भने आफु पछि नहट्ने र आफुलाई दिईएको जिम्मेवारी पुरा गरेरै छाड्ने बताए।

 

 

 

 

 

 

 

सो कार्यक्रममा एमाले सांसद एवं परराष्ट्रविद डा. राजन भट्टराईले सम्बोधन गरेका थिए।

सिड्नी स्थित रकडेलमा सम्पन्न सो कार्यक्रममा एमाले सांसद एवं परराष्ट्रविद डा. राजन भट्टराईले सम्बोधन गर्दै भारत र चिन संगै मिलेर जानु पर्ने बताए।प्रवासमा रहेका नेपालीहरुले आफुले सिकेका सिप अनुभव बाटै आफ्नो देश निर्माणको लागि पूर्वाधार खडा गर्न सक्ने बताए।उनले पर्यटन,कृषि,प्रविधिमा पनि एनआरएनले अब सहयोग गर्नु पर्नेमा जोड दिए।

 

 

 

 

 

 

 

 

विभिन्न संघ संस्थाबाट आएका व्यक्तिहरुले आफ्नो विचार राखेका थिए:

 

 

 

 

 

 

 

 

२९ जनवरि २०१७ आईतबार सम्पन्न सो कार्यक्रममा एनएसडव्लुका कन्सुलर जनरल दिपक खड्का,एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल,प्रवासी नेपाली मञ्चका डा. जगदिश तिमिल्लसिना,पूर्व अध्यक्ष डा.विनोद श्रेष्ठ,जन सम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सन्तोष सिटौलाले आ-आफ्नो विचार राखेका थिए।

रूपन्देहि सामाजिक सञ्जाल अष्ट्रेलिया द्वारा पौडेललाई सम्मान:

सो कार्यक्रममा रुपन्देहि सामाजिक सञ्जाल अष्ट्रेलियाद्वारा उपमहासचिव तथा पूर्व अर्थ मन्त्रि विष्णु पौडेल र एमाले सांसद एवं परराष्ट्रविद डा. राजन भट्टराईलाई सम्मान गरिएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सो कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु  स्टेट कोर्डिनेटर दिनेश पोखरेल,ओसेनिया  क्षेत्रीय संयोजक महेन्द्र लम्साल,रुपन्देही सामाजीक संजाल अष्ट्रेलियाबाट अध्यक्ष राज खनाल उपाध्यक्ष भुवन पाण्डे,महासचिव कृष्ण गैरे,रुपन्देही सामाजीक संजाल अष्ट्रेलियाका सल्लाहाकार तथा शब्दमाला नेपलिज ल्याङ्गोईज स्कुलबाट डा. प्रकास पौडेल, सो संजालबाटै दिवाकर काफ्ले, महेश्वर शर्मा,नाईफा अध्यक्ष सागर अधिकारी ,नाईफाका संरक्षक भरत देवकोटा, प्रवासी नेपाली मञ्च एनएसडब्लु का सचिव कृष्ण सापकोटा, एनएसडब्लु पर्यटन दूत बद्रि अर्याल,एक्सपर्ट एजुकेशन एन्ड  भिजा सर्भिसका निर्देशक सजीव शर्मा,प्रकास पन्थी,प्रदिप पन्थी नेपाली पत्रबाट  ऋषि आचार्य अनलाईखबर बाट मनऋषि धिताल,असनेपालन्युज न्युज बाट महेश्वर शर्मा रातों पाटी बाट सीता रसाईली ,साथै डा. भरत पौडेल लगायत थुप्रै नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पान्डेले सो अन्तर्क्रिया कार्यक्रममा उपमहासचिव तथा पूर्व अर्थ मन्त्रि विष्णु पौडेल साथै परराष्ट्रविद डा. राजन भट्टराईलाई बिशेष धन्यबाद दिदैं उपस्थित सबै संघ संस्थाबाट उपस्थित व्यक्ति तथा सबैमा आभार प्रकट गरेका थिए।

सम्बन्धित शिर्षकहरु