नेपालमा पछिल्लो साता कोरोना संक्रमण ४ प्रतिशतले घट्यो, मृत्युदर २३ प्रतिशतले

काठमाडौं। नेपालमा पछिल्लो साता कोरोना संक्रमणदर ४ प्रतिशतले घटेको छ।वल्डोमिटर्सका अनुसार पछिल्लो साता नेपालमा १० हजार ७७२ जनामा कोरोना पुष्टि भएको थियो।

त्योभन्दा अघिल्लो एक साताको अवधिमा नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ हजार १७९ थियो।यस्तै, पछिल्लो साता नेपालमा कोरोनाबाट हुने मृत्युदर २३ प्रतिशतले घटेको छ। पछिल्ले एक सातामा नेपालमा १५२ जनाको मृत्यु भएको छ।त्योभन्दा अघिल्लो साता १९७ जनाले ज्यान गुमाएका थिए।

सम्बन्धित शिर्षकहरु