यातायात सिन्डिकेट पूर्णरुपमा अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट पूर्ण रुपमा अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यातायाको कुनै पनि सिन्डिकेट रहन नदिने निर्णय गरेको कानुन मन्त्री शेरबहादुर तामाङले बताएका छन्।

उनका अनुसार अब सरकारले जिल्ला प्रशासनमा दर्ता कायम रहेका यातायात समितिहरूको नवीकरण गर्नेछैन। यातायात समितिहरु संस्था दर्ता ऐन अन्तर्गत गैरसरकारी संस्थाका रुपमा दर्ता भएर सञ्चालित हुँदै आएका छन्।

सम्बन्धित शिर्षकहरु