काठमाडौँ । राष्ट्रिय समावेशीआयोगले श्रमसँग सम्बन्धित ट्रेड युनियनसँग छलफल गरेको छ ।
आयोगमाआजआयोजितकार्यक्रममाअध्यक्ष डा रामकृष्ण तिमल्सिनाले विधिशास्त्रको विकासकालागिअसलश्रम अभ्यास गर्दै न्यूनतम् पारिश्रमिकको पुनर्विचार गर्नुपर्नेमाजोड दिनुभयो । सबै स्थानीयतहले श्रमसँग सम्बन्धिततथ्यांकतयार पारेर राख्नुपर्ने उहाँले बताउनुभएको आयोगका प्रवक्ता पुष्कर भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
श्रमको विवाद निराकरण गर्नश्रम अदालतको क्षेत्राधिकार पुनरावलोकन गरी उच्चअदालतमाश्रम इजलास राख्नुपर्ने अध्यक्षतिमल्सिेनाको भनाई थियो । आयोगका सदस्य हरिदत्त जोशीले सरकारले जारी गरेको न्यूनम् बेतन कार्यान्वयन गर्न कडाइ गरिनुपर्ने बताउनुभयो । छलफलमा ट्रेड युनियन संस्थाकाप्रतिनिधिको सहभागिता थियो ।








