सिड्नीमा ‘डेल्टा भेरियन्ट’ ले बढायो कोरोना संक्रमण, दर्जन बढी नेपाली संक्रमित

अस्ट्रेलिय । अस्ट्रेलियमा पछिल्लो केही समययता कोभिड १९ संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ। ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमणको अवस्था बढेसँगै केही राज्यहरुमा लकडाउन लागू गरिएको छ भने केहीमा प्रतिबन्धहरु लगाइएको छ।

अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा पनि संक्रमण बढ्सँगै लकडाउन बढाइएको छ। न्यू साउथ वेल्स सरकारले संक्रमणको चेन ब्रेक गर्न ‘गाह्रो निर्णय’ लिनुपरेको जनाएको छ।

२६ जुनदेखि लकडाउन लगाइएपनि सिड्नीमा संक्रमण बढ्दो छ। ३३० वटा नयाँ केस त्यहाँ पहिचान भएका छन्। प्रान्तिय सरकारले लकडाउन जुलाई १६ सम्मलाई बढाएको छ।

अहिले कोरोनाको डेल्टा भेरियन्ट संक्रमणका कारण न्युसाउथवेल्स राज्यमा स्वास्थ क्षेत्रमा काम गर्ने दर्जन बढी नेपाली कोरोनाबाट संक्रमित छन्। यसरी पछिल्लो अवस्थामा फैलिएको कोरोनाको अवस्था हेर्दा करिब चार सय केसमा चालिस जना अस्पतालमा उपचार्थ र १० जना आइसीयुमा छन्।

यो सँगै लकडाउनबीचमा थप प्रतिबन्ध लगाइएको छ। जसमा शुक्रवार बेलुका ५ बजेदेखि मानिसहरूले बढीमा दुई जनाको समूह वा आफ्नै घर परिवारको समूहमा मात्रै व्यायाम गर्न पाउनेछन्। आफू बसेको स्थानभन्दा १० किलोमिटरको परिधिभित्र मात्र व्यायाम गर्न सकिनेछ।

यसबाहेक अत्यावश्यक सामान खरीदका लागि एक घरको एक ब्यक्ति मात्र बाहिर निसक्न पाउने छन्। आइतवारदेखि मलामी जाने मानिसको संख्या बढीमा १० जनामा सीमित गरिएको छ। यसबाहेक आफन्त, साथीभाइ र छरछिमेकमासमेत अत्यावश्यक काममा बाहेक जान पाइने छैन।

सम्बन्धित शिर्षकहरु