काँँग्रेस नेता कुँवरको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका नेता, पार्टी केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य, कास्कीका महासमिति सदस्य एवं नेपाल टे«ड युनियन काँग्रेसका पूर्व वरिष्ठ उपाध्यक्ष रामजी कुँवरको काठमाडौँको त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएकामा सभापति शेरबहादुर देउवाले दुःख प्रकट गर्नुभएको छ ।

स्वर्गीय कुँवर स्थानीय तह निर्वाचन २०७४ मा पार्टीको तर्फबाट पोखरा महानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार समेत हुनुहुन्थ्यो । स्वर्गीय कुँवरले पार्टीको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको श्रमिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय कुँवर एक सालिन र वौद्धिक व्यक्तित्व
हुनुहुन्थ्यो । उहाँको निधनबाट नेपाली कांग्रेस र नेपालको ट्रेड युनियन आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । नेपाली कांग्रेसले एक अनुभवी व्यक्तित्वलाई गुमाएको छ ।

पार्टी सभापति देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाल टे«ड युनियन आन्दोलनका अग्रणी नेता रामजी कुँवरको निधनको खबरले मलाई अत्यन्तै दुःखीत बनाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाल ट्रेड युनियनका आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै दुःखको यस घडीमा स्वर्गीय कुँवरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।”

सम्बन्धित शिर्षकहरु