मेलम्चीमा बाढीले ५० जना बेपत्ता, आसपासका बजार डुबानमा,अर्बौंको क्षति

सिन्धुपाल्चोक । अविरल वर्षापछि हिजो मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् ।

बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ । बाढीले मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतविक्षत बनाएको छ ।

त्यस्तै नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल बगाएको मन्त्री तामाङले बताएका छन् । त्यसैगरी बाढीले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्याएको छ ।

सम्बन्धित शिर्षकहरु