झापा । झापाका एक युवकले महिला तथा युवतीहरुको भित्री वस्त्र(ब्रा र पेन्टी) चोर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । धनमाल चोर्न छाडेर त्यस्ता सामान चोरी गर्दै गरेको अवस्थामा फेला पारिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । सदरमुकाम भद्रपुरमा महिला तथा युवतीका ब्रा र पेन्टी अत्याधिक चोरी हुन थालेको गुनासो आएपछि वडा प्रहरी कार्यालय, भद्रपुरले अनुसन्धान थाल्यो । त्यस क्रममा प्रहरीले भद्रपुर–४, मन्त्रीचोकका २५ वर्षीय युवकलाई पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–४ स्थित मन्त्रिचोकका २५ बर्षीय दिपक राजवंशी रहेका छन् कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले विहीबार राती उनलाई सामानसहित फेला पारेको हो । वडा प्रहरी भद्रपुर– ६ स्थित भानुनगरमा अधिकाशं घर भित्र प्रवेश गरेर ती युवकले अन्य सरसामान चोर्नु छाडेर भित्री वस्त्र चोरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । विहीबार ४ वटा घरमा साँझ प्रवेश गरि कोही नभएको मौका पारि ती वस्त्र लगेका थिए । सुकाएको स्थान तथा राखिएको स्थानबाट उनले ती भित्र बस्त्र लाने गरेका थिए ।
विवाहित राजवंशी विगतदेखि नै त्यस्तो सामान चोर्ने र सुघँने गरेको प्रहरी समक्ष बयान दिएको उनले जनाए । यस्तो प्रकारको चोर पहिलो पटक भद्रपुरमा फेला परे पछि प्रहरीलाई के कारवाही गर्ने भन्नेमा अप्ठ्यारो परेको छ । प्रहरीले उनलाई आइन्दा यस्तो सामान नचोर्न सम्झाई बुझाई छाडिदिएको छ । लागूऔषध सेवनकर्ता जस्तै उसलाई यसको लत लागेको हुन सक्ने प्रहरीको भनाइ छ ।








