‘पायल्स’ र यसको प्राकृतिक समाधान

रोग लागे पछि उपचार गर्नु बुद्धिमानि हो । तर रोग नलाग्दै योग र प्रकृतिको शरणमा रहेर उपचार गर्नै नपर्ने अवस्थामा पुग्नु महाज्ञानि बन्नु हो । मानिसको मुख्य निष्कास द्वार मलद्वार मांशपेशिद्वारा अबरोध हुन जाने शत्रु समानको रोग हो ‘पायल्स’ वा हर्ष । मलद्वारमा हुने १८-२० प्रकारका रोग मध्ये यो एक प्रमुख हो । ‘हेमोराइटल’ नशा सुन्निने र थुनिने प्रकृया हो यो । जुनसुकै उमेर समुहका व्यक्ति वा गर्भवतिहरुमाहरुमा बढी मात्रामा यो रोग हुन सक्छ । दोस्रो विश्व युद्दमा अमेरिको सेनालाई भएको रोग हो यो । उनिहरु लगातार ट्याङ्क भित्र बसेर वर्षौं विताएका थिए । खाष गरि विलासिताको जीवन , वा कुसमयको भोजन वा अत्यधिक श्रम बाट यो समस्या आउंन सक्छ । लामो समय सम्म सवारि साधनमा वस्नु ,रक्त्त चाप ,पेटको कब्जियत वा अन्य रोगको लक्षण स्वरुप पनि हुन सक्छ ।
हर्षा , शत्रु समान बाटो अवरोध गर्ने यो रोग शुष्कार्ष वा रगत नआउंने रक्तार्ष आउंने,दुवै प्रकारका छन् । मासु पलाउंनु ,दु:खाई बढ्नु दिशामा लगातार रगत वा शौचालाय रहन निकै समय लाग्नु यसका केहि लक्ष्यण हुन्।
यसका मुख्य कारणयसका मुख्य कारणमा आहार विहारको असन्तुलन लाई लिन सकिन्छ । खाष गरि तलका यि भोजन हटाउंदा पायल्स उपचार हुन सक्छ ।
• पिरो ,अमिलो, चिल्लो अत्यधिक प्रयोग नगर्ने ।
• फास्ट फुड , अजिनो मोटो वा मन्द विष भएको खाना ।
• असमयमै भोजन ,मांश, मदिरा ,धुम्रपान ,मांश नगर्ने ।
• मांश पचाउंन कठिन हुन्छ तसर्थ यसबाट बाहिरिने ।
• यस्तै मैथुन अत्यधिक हुनु, दिशा थामेर बसि ,शौचको वेग मर्नु आदि ।
• यस्तै दुग्धजन्य पदार्थ र यस बनेका खाद्द्यान्न
• गरुङ्गो सामान उचाल्नु , असहज व्यायाम
• वंशाणुगत गुण आदि यसका कारण हुन्।
पायल्स प्रकार
• वाह्य र अभ्यान्तर
• साध्य ,याप्य , कष्ट साध्य , असाध्य
• प्रथम :नधुख्ने रगत नआउंने
• दोस्रो स्तर:वेरुवा आउंने जाने
• तेस्रो: ठेल्न मिल्ने
• चौथो: ठेल्न नमिल्ने , भित्र प्रवेश नगर्ने
लक्षण
• वेदना ,
• रक्तश्राव ,
• मांशपेशि बढ्नु ,
• चिलाउंनु ,कब्जियत
घरेलु उपाय
• वेसार र गाईको घिऊ ,घिउकुमारीमा घोलेर लगाउंने
• सानो प्याज ५ वटा नरिवलको तेलमा भुटेर खाने
• नरिवलको जटा जलाएर खरानि बनाइं दहिमा मिलाएर खाली पेटमा ३ दिन खाने
• लौकाको जुस ,एलोभेरा जुस खाली पेटमा भोजनको कम्तिमा एक घण्टा पूर्व खाने
• घिउकुमारीको जुस खाने , मुला खाने ,बोक्रा सहित हरियो स्याउं हरेक दिन चपएर खाने ।
• भर्खरै दोएको तातो दुधमा कागति हालेर फाट्नु अघिनै एक गिलास पिंउंने । उसले रक्त्त श्राव तत्काल रोक्न सक्नेछ ।
• सलाद, अवश्य खाने । शाकाहारिलाई कम कब्जियत हुन्छ ,शाकाहार र सात्विक भोजन ग्रहण गर्ने । मासुमा पानि हुंदैन । मासु खाने आन्द्रा र दांत नै छैन हाम्रो शरीरमा । एक केजि सम्म वा बढिनै खाने आदतले यसलाई झन् गाह्रो हुन्छ । मासु सबैं भन्दा ढिला पच्ने वा ३६ देखि ७२ घण्टा पच्न लाग्छ ।
• तातो पानीमा बस्ने
• रेसादार खाना खाने , पानी प्रसस्त पिउंने(3-4 , लिटर कम्तिमा ), फाईवर हुने रेसादार खाना साग सब्जि खाने ।
• अदुवाले गर्मि गराएर दिशा कठिन पार्ने , टिम्म्बुरले पोल्ने ,काफल र मासुसङैको हड्डिले फिस्टुलामा घोच्ने आदि घातक अवस्था आउंन सक्छ तसर्थ यिनलाई नखाने ।
• उपवास गर्ने ।
• औषधिले नहुने भए पछि: क्ष्यार सूत्र प्रयोग गर्ने विज्ञको परामर्श लिएर । क्ष्यार :अल्काली धागो ,कटनको ,२१ पटक औषधि दलेर ,छायांमा सुकाईएको धागो प्रयोग गर्ने । प्रसस्त आराम गर्ने ।
• नियमित एक घण्टा योगआसन प्राणायाम र ध्यान गर्ने ।
योग आसन के के छन् त !
• अर्ध नवासन
• कोणासन
• सुप्त बज्रासन
• जानु शिरासन
• सर्वाङआसन
• अधोमुखासन
• शिशुआसन
• मर्कटासन
• सेतु बन्धासन
• अपासनासन
• गोरक्षासन
• मलासन
• विपरित करणि
• मत्स्यसन
• मण्डुकासन
• पवनमुक्त्तासन
• सलम्व पर्वतासन
मुद्रा
• शक्त्ति मुद्रा
• अपान मुद्रा
• मुष्ठि मुद्रा
• लिङ्ग मुद्रा
अक्कुप्रेसर
• औंलाको टुप्पा ,
• हत्केलाको पुछारमा
• नाडिको विचमा आदि
प्राणायाम
• अश्विनि मुद्रा
• मुलबन्ध
• कपालभाति
• अग्निसार
जीवन परिवर्तन आहार विहार परिवर्तन बाट मात्र सम्भव छ । तसर्थ जिब्रोको लागि होइन जीवनका लागि भोजन गरौं । जीउंनका लागि होईन मुक्त बाचौं। विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज द्वारा नियमित सन्चालित नि:शुल्क वैश्विक मान्यताको योग शिक्षक तालिम अन्तर्गत यो रोग अनुसारको योग र प्राकृतिक उपचार अनुसन्धान शिविरमा रहेर लाभ लिन सक्नु हुनेछ । विश्वका योग अलायन्सको मान्यता प्राप्त पाठ्यक्रम र विभिन्न विश्वविध्यालयका अनुसन्धानात्मक प्रमाण ,हठयोग दर्शनको प्रयोग र विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज योग शिविरका लागि लामो अनुसन्धान पछि यो सामग्रि कार्यपत्रको रुपमा प्रस्तुत गरिएको हो । अधिकारिक र मान्यता प्राप्त यो सामग्रि विशेषज्ञको सहयोगमा प्रयोगमा ल्याउंन सक्नु हुनेछ तथापि यसैलाई अन्तिम उपचार विधिको रुपमा भने नलिन अनुरोध गरिन्छ किनकि व्यक्ति अनुसार रोगको अवस्था र प्रकृति फरक हुनसक्छ ।
~योगी प्राध्यापक आचार्य राजन शर्मा ,
योग दर्शन तथा प्राकृतिक उपचार पाठ्यक्रम अनुसन्धानविद्
योग शिविरको पुरा भिडियो हेरेर लाभ लिनुहोस् , बांड्नुहोस्।
अनुमति विना वा स्रोत सामग्रि उल्लेख विना यो सामग्रि नक्कल गर्न वा पुन:प्रकाशित गर्न मनाई छ ।
फेसबुक लिङ्क







