रमादेवी सापकोटा, भक्त्तपुर । मानव र वातावरणको लागि ठूलो सहायता पुर्याइरहेका घरेलु जनावर कूकूरलाई दया माया गर्नुको सट्टामा कतिपय मानिसहरुले उनीहरुलाई मट्टीतेल छर्केर आगो लगाई दिने,विष खुवाउने, खुट्टा,पुच्छर लगायतका भागहरु काटिदिने जस्ता चरम यातना दिएको देखिन्छ ।
यसरी एकातिर निर्दोष जनावरहरुप्रति मानिसहरुमा मानवीयता हराइरहेको देखिन्छ भने अर्कातिर केही व्यक्त्त्तिहरुले संकष्टको अवस्थामा पनि कूकुरहरुलाई खाना खुवाएर इश्वरीय प्रेम प्रकट गरिरहेको पनि पाउन सकिन्छ ।
‘पशु आवाज नेपाल’ नामक संस्थाले नेपालमा दोस्रो चरणको कोरोना भाइरसको महामारीका कारण गरिएको निशेधाज्ञाको प्रथम दिनदेखिनै भक्त्तपुरको सूर्यबिनायक नगरपालिका स्थित बालकोट आसपासका विभिन्न टोलहरुमा रहेका सयौ कूकूरहरुलाई दैनिक रुपमा तरकारी र भात खुवाउदै आएको छ ।
देशको सामान्य परिस्थितीमा हप्त्ताको दुई पटक कूकूरहरुलाई खाना खुवाउदै आएकोमा निशेधाज्ञाको अवधिमा भने दैनिक रुपमा उनीहरुलाई खाना दिइएको संस्थाका अध्यक्ष इश्वरी बहादुर थापाले जानकारी दिए ।
“अघिपछिको अवस्थामा धेरैजसो होटल तथा रेष्टुरेन्टबाट उघ्रेको खाना खाएर कूकूरहरु बाँच्दथे” उनले भने,”तर यतिबेला सबैतिर बन्द गरिएका कारण धेरै कूकूरहरु भोकभोकै मर्नुपर्ने अवस्था भएकोले उनीहरुलाई दैनिक रुपमा खाना खुवाउन आवश्यक छ । ”
संस्थाकी कोषाध्यक्ष रुपा अधिकारीले आफ्नो संस्थाले कूकूरहरुदेखी बाहेक अन्य वेवारीसे घरेलु चौपायलाई पनि आवश्यक स्याहर सुसार, उपचारदेखि बन्ध्याकरण सम्मका सेवा गरिदै आएको जानकारी दिइन । आगामी दिनहरुमा बाटोघाटोमा बेवारीसे हरेक घरेलु चौपायहरुलाई संरक्षण तथा स्याहार सुसार गर्नको लागि उचित बासस्थान निर्माण गर्ने योजना रहेको उनले बताइन ।
आगामी दिनहरुमा पनि यस्ता सेवाका कार्यक्रमलाई निरन्तरता दिनको लागि थप सहयोगको आवश्यक्ता परेकोले इच्छुक सहयोगी महानुभावहरुलाई यस www.voan.org.np वेभसाइडमा प्रस्तुत ठेगाना अनुसार सम्पर्कमा आउन संस्थाले अपिल गरेको छ ।
इस्वी संबत २०१५ मा स्थापित यस संस्थाले कोरोना भाइरस महामारिको कारण नेपालमा पहिलो चरणमा भएको लकडाउन तथा निशेधाज्ञाको अवधीभरी पनि यसैगरी दैनिक रुपमा कूकूरहरुलाई खाना खुवाएको थियो ।
नेपालमा पछील्लो समय पशु अधिकारकर्मीहरुको सकृयताका कारण घरेलु जनावरहरुमाथि मानिसहरुले गर्ने हिंसा केही हदसम्म घटेको देखिन्छ ।








