आकर्षक वक्ता बन्ने कला ! मञ्चको नायक यसरी बनौं । (भिडियो सहित)

उत्कृष्ट र दमदार वक्ता बन्ने वाक्यांशहरु (डियो सहित) :

1)तपाईं मन्चमा बोल्दै हुनुहुन्छ भने तपाईंको उपस्थिति तपाईंको प्रस्तुतिले नै तपाईंको केहि कुरा बोलोस्। तपाईंको अनुहार भावभंगि र तपाईंको आत्मविश्वासले नै के बोल्दै छ भन्ने कुरा सबैमा पुगोस्।

2)तपाईं असल र कुशल वक्ता बन्न चाहनुहुन्छ भने तपाईंको बोलिलाई हजारौं हजार पटक तपाईंले त्यो जिब्रोलाई शसक्त आवाजहरुलाई शसक्त वाणिहरुलाई ओकल्ने साधना गर्नुहोस् हरेक दिन बोल्ने साधनामा डुब्नुहोस।

3)मञ्चमा जानुअघि बोल्ने विषय बस्तुसङ्ग पुर्ण तयारी र प्रसस्त बौद्दिक,प्रेरक र क्लिष्ट शब्द सुचिहरुको संकलन हुनु पर्‍यो । हरेक दिन बोल्ने साधनामा रहनु हुनुपर्यो।

4)तपाईं उद्घोषण तथा उत्प्रेरक अथवा ‘पब्लिक स्पिकर’ बन्न चाहनु हुन्छ भने तपाई मन्चमा किन बोलिरहेको छु भन्ने कुरा सत्य र प्रष्ट हुनुपर्यो तपाईको बोलि लोक कल्याणको लागि ,जनकल्याणको लागि ,प्रकृति कल्याणको लागि ,निरिह पिडीत ,र सर्वाङ्गिण हितको लागि हुनु पर्यो।

5)तपाईं मञ्चमा बोल्न जाँदा मञ्चमा रहेका मानिसहरुलाई थोरै सम्बोधन र दर्शक दीर्घामा रहेका हजारौं हजार व्यक्तिहरुलाई उचित शब्द वाणिहरुलाई प्रस्तुति दिनुपर्यो।

6)तपाईंले बोल्ने शब्दमा मिठास ,वाणिमा माधुर्यता ,अनुहारमा आकर्षण ,ब्याक्तित्व सभ्य भद्र अनुशासित भएर प्रस्तुत हुनुपर्यो ।

7)तपाईंले बोल्दै गर्दा ती शब्द ध्वानिहरुमा बिच बिचमा उखान टुका ,कविता र काव्य विषय प्रसङ्ग को साहित्य रचना र प्रहसन प्रस्तुत गर्दा अझ राम्रो हुने छ ।।

😎 यदि तपाईं उद्घोषक र उत्प्रेरक वक्ता बन्न चाहनुहुन्छ भने
आफ्नो हेल्थ सम्बन्धि ‘कन्ससनेस’ असल चरित्र र असल ब्याक्तित्व र मनको सुन्दरता प्रति सजग रहुनुपर्यो ।

9)तपाईंले माईक चेक गर्दा आवाजले “फु -फु” न गरि ओैलाले टक्क छोएर थाहा पाउनु पर्यो।

10)तपाईंले बोलेका शब्दहरु सबैसामु सहज पुग्नु पर्यो सबैको दिल छुने विषय हुनुपर्यो। बांकि तलको भिडियोमा ।

🙏🙏 बोल्न सकिन्छ ,

दम्दार वक्ता बन्ने कला :
उत्प्रेरक योगी प्रो आचार्य राजन शर्मा

उहाँकै शब्द ध्वानिमा सिर्जित लेख !
दिल खोल्न सकिन्छ
उत्साह र सृजनालाई मिसाएर जीवनलाई
अनमोल पार्ने बानिहरुमा घोल्न सकिन्छ
नमस्कार !!
आज हामी बिल्ने कसरी र उत्कृष्ट बन्ने कसरी भनेर चर्चा गर्दै छाै।आउनुहोस् तपाईं अबको केही बेर सम्म्नको चर्चा तपाईंहरुको प्रश्नमा आधारित रहेर हुनेछ।आउनुहोस उदघोषणा कला कसरी सिक्ने उत्प्रेरक वक्ता कसरी बन्ने पब्लिक स्पिकर कसरी बन्ने तपाईहरुको प्रश्नको उत्तर यो चर्चालाई समेट्दै आजको यो विषय वस्तु तयार भयको छ ।

https://youtu.be/u9RsJiZmLYk

सबैभन्दा पहिला उद्घोषण तथा उत्प्रेरक कसरि बन्ने ‘पब्लिक स्पिकर’ कसरि बन्ने भनि भनिरहेका छाैं । एउटा कुरा हामिले भ्रममा फाल्नु पर्यो कि बोल्दैमा पब्लिक स्पिकर बनिंदैन र उत्प्रेरक बन्नको लागि मञ्चमा चर्को स्वरमा तपाई उफ्रियर तन्कियर पनि तपाई उत्प्रेरक बन्नु हुन्न र पब्लिक स्पिकर बन्नु हुन्न ।
धर्तीलाई हेर्नुहोस्। धर्तिले नबोलिकनै सृजनाको आवाज बोलिरहेको छ । नदिलाई हेर्नुहोस बग्दा बग्दै उस्ले आफ्नै लयमा धेरै कुरा बोलिरहेको छ ,सूर्यले माैन रहेर पनि ताप र उज्यालोको ताप र रापको शक्ति ओकलि रहेको छ।हेर्नुहोस्, संसारमा बोल्नु मात्रै आवाजलाई उठाउनु मात्रै सन्देह प्रवाह गर्नुहोईन ,बोल्न नसक्ने कलाकारहरुले पनि आफ्नो कला र कृतिमा संसारको छबिलाई उतारेर संसारको नवीन तथ्य ओकलिरहेका छ्न् ।कविहरुले, लेखहरुले, नबोलिकन शब्दहरुका युगका सन्देशहरु बोलिरहेका छ्न् ।विद्वानहरुले शास्त्रकारहरुले आफ्ना आफ्ना कृतिहरुमा कालजयि तथ्यहरुलाई उजागरण गरिरहेका छ्न्। तसर्थ जो सङ्ग बोलि छैन जो सङ्ग आवाज छैन जो सङ्ग बोल्न सक्नुपर्छ ,बोल्न जान्नु पर्छ भन्ने हुनुहुन्छ। उहाँहरु चिन्ता नगर्नुहोस् ,तपाईंहरु पनि उत्प्रेरक हुनुहुन्छ ।
तपाईहरु पनि पब्लिक स्पिकर हुनुहुन्छ ,तपाईहरु पनि विशेष एउटा उद्घोषण हुनुहुन्छ तर जो उद्घोषण कलालाई नै म बोलेर गर्छु भन्नू हुन्छ उहाँहरुको लागि म आफ्नो अनुभुति र संस्थाहरुको अनुभवहरु र विभिन्न सिद्धान्तहरुलाई राख्न चाहन्छु ।
सबैभन्दा पहिला आउनुहोस् बोल्नु भनेको के हो ?बोल्नु भनेको आफ्नो दिल देखि अरुको दिलसम्म हुने गरेर कुनै सन्देश प्रवाह गर्नु नै बोल्नु हो ।बोल्नका लागि त सबै बोल्छ्न्। सबैले आवाज निकाल्छ्न् तर बोल्नु भनेको तपाईं भित्रको हृदयको कुनाबाट सुनिरहनेहरुको हृदय सम्म एउटा स्थायी सेतु बाँध्न सक्नु नै बोल्नु हो ,त्यसैले सबै भन्दा पहिला तपाई मञ्च बाट बोल्दै हुनुहुन्छ ,उद्घोषक बन्दै हुनुहुन्छ भने तपाईंको प्रस्तुतिले नै तपाईको केही कुरा बोलोस् । तपाईंको अनुहार भावभंगि र तपाईंको आत्मबिश्वास नै केही बोलोस्। सबै भन्दा पहिला वक्ताको मुख बोल्नु भन्दा पहिला उस्को अनुहार बोलिरहेको हुन्छ हो ।तपाईं जहिले आत्मबिश्वास भयर जानुहोस कि मैले गलत कस्म गर्न लागेको होईन ,गलत काम गर्न पो डराउनु पर्छ ,लजाउनु पर्छ ,सत्य बोल्नलाई र आयको जिम्मेवारीलाई व्यावस्तित गर्नको लागि म जस्द

म जादैछु स्टेजम ।म किन डराउने ?म डराउने छैन,बरु मलाई यो अबसर प्राप्त भयको म ईश्वरलाई प्रकृतिलाई जस्लाई जो सङ्ग जे बिश्वास छ उहाँलाई धन्यवाद दिनुहोस् ।गहिरो लामो लामो श्वास फेर्नुहोस गहिरो श्वास फेर्नासाथ अक्सिजनको संचार हुन्छ शरीर भरी तपाईं भित्र लुकेर बसेका सुतेर बसेका सबकन्सस माईन्डमा रहेका तपाईलाई म बोल्छु भनेर नसोचियका शब्दहरु पनि त्यतिखेर आउन थाल्छ्न धेरैले भन्ने गर्नुहुन्छ कथा ब्यासहरुले मैले बोल्छु भनेको कुरा बोलिदैन तर झन राम्रो हुन्छ भनेर भन्नू हुन्छ।धेरै कविहरुले कविता लेख्न जाँदा भन्दा भन्नू हुन्छ लेखाै भन्ने कुरा राम्रो लेखिदैन तर म भावावेसमा रहदा खेरी अथवा अचानकयो ब्रहमले डोर्‍याएको बाटो हिडदा खेरी राम्रा सृजना कोरियका छ्न भनेर बस वक्ता पनि एउटा कला हो कणठ गरेको घोकेको कुराहरु अस्थाई हुन्छ्न दिलबाट दिलसम्म पुर्याउनको लागि तपाईले साधन गर्न जरुरी छ बोल्ने साधन,जसरी गायकले पनि हरेक दिन अभ्यास गर्छ गित गाउँनेले हरेक दिन बिहान बिहान उस्ले राग अलाप सिक्छ बजाउनेहरुले पनि आफना अाैलाहरुलाई अभ्यस्त पार्न अनेकौं घण्टा सक्छ्न खेलाडीहरुले मैदानमा कति पसिना चुहाउँछ्न,हो तपाई पनि असल र कुशल वक्ता बन्नु छ भने तपाईंको बोलिलाई पनि हजारौं हजार पटक तपाईंले यो जिब्रोले शसक्त आवाजहरुलाई शसक्त बानिहरुलाई ओकल्ने साधन गर्नुहोस्। हरेक दिन एक्लै बसेर ।भोलि कार्यक्रम छ आज तयारी गर्छु भनेर होईन तपाईं वास्तवमा बोल्न चाहनु हुन्छ भने,आज बोल्नु कल्लाई परेको छैन जो पनि संस्थामा छाै जो सुकै कुनै न कुनै बाध्यता जिम्मेवारीमा छाै आज कोहि पनि बोल्नुपर्ने अबस्था छ सुचना र प्रबिधिको युगमा हो ।तपाईंसंग बानी छ भने तपाईंले साधना गर्नुहोस् ,साधनका लागि पहिलो कुरो त
तपाई मञ्चमा जानु अगाडि तपाईले एक्दमै सितले त्यो तयारी एकदम लामो श्वास लिनुहोस ।
दोस्रोमा हामिले जहिले पनि बोल्नकोलागि खजाना हुनुपर्छ ,युद्धमा जानकोलागि प्रशस्त बारुद र बन्दुकर हतियारहरु हुनुपर्छ ,भने जस्तै :बोल्नकोलागि पनि प्रशस्त शब्द हुनुपर्यो ,शब्द पनि शब्द भण्डार हुनुपर्यो । क्लिष्ट शिष्ट शब्दहरु हुनुपर्यो। तपाईंको बानिलाई सुन्दरतामा ढ्ल्काउनको लागि बाणिमा माधुर्यता ल्याउनको लागि बानिलाई अझ रसिलो बनाउनका लागि जोसिलो, चम्किलो र दमदार ,ओजनदार ,बनाउनको लागि तपाईं भित्र शब्दहरुको सूचि हुनुपर्यो।
विषय सँग सम्बन्धित सुचिहरुलाई तपाईंले हरेक दिन शुद्ध रुपमा उच्चारण गरेको हुनुपर्यो ,हो त्यसपछि तपाईं त्यो विषयमा अझ प्रखर रुपमा प्रस्तुत हुन सक्नु हुनेछ ।तसर्थ जहिले पनि उद्घोषक अथवा उत्प्रेरक अथवा तपाईं पब्लिक स्पिकर बन्न चाहनु हुन्छ् भने देखि तपाईं संग शब्दहरुको संकलन गर्ने एउटा सुन्दर बानि हुनुपर्यो ।
हरेक दिन तपाईंले सुनेका ,बुझेका खोजेका ,अनुसन्धान गरेका शब्द लय र भावभंगिलाई तपाईले सुचिवद्व गरेको हुनुपर्ने छ।
अर्को कुरामा आउनुहोस्। तपाईं जो बोल्न भनेर तयार हुनुहुन्छ अरुको लागि तपाई किन बोल्ने भन्ने कुरामा प्रष्ट हुनुप्रर्द्छ ।
यदि तपाई किन बोलिरहनु भएको छ तपाईं बोल्नको लागि बोल्नु भएको छ भने त्यो बोलेर आैचित्य रहदैन ।तपाईं एउटा निश्चित उदेश्यको लागि आम मान्छेको भलाईको लागि ,लोक हितको लागि ,बोलिरहनु भएको छ भने बस तपाईंको अर्थ त्यसमा सहिरुपमा मान्य भयको ठहरिन्छ ।
नत्र बोल्नको लागि बोलिनु ,नत्र अरु कसैको भाडाको वक्ता भयर बोल्नु अथवा समाजको हितको लागि नहुने कुनै एउटा ब्यक्ति समुदाय र निश्चित वर्ग र समुदायको स्वार्थलाई बोल्नु छ भने त्यो बोलिको कुनै अर्थरहने छैन ।
तपाईंले बोली सुन्दर भयर पनि बानि प्रखर भएर पनि तपाईं प्रवल र प्रबिण भयर पनि तपाईंले दिने प्रस्तुतिले धेरै आम समुदायको हृदय दुखाएको हुनसक्छ । तपाईं प्रष्ट वक्ता भयर पनि तपाईंले बोलिने बानिले कुनै एक पक्षलाई दु:खायो भने त्यो बोली ,बोली हैन तपाईं उदघोषक र जतिसुकै चर्चित वक्ता भयपनि तपाईंले बोल्ने बोलिले धेरैको आँखा बाट झरि निकाले भने त्यो बोली नभयर बिष बन्न सक्छ।
तसर्थ किन बोलिरहेको छु भनेर आफू प्रष्ट हुनु र मैले लोककल्याणलाई ,जनकल्याणको लागि पृथ्वी कल्याणको लागि ,प्रकृति कल्याणको लागि र यो युगका मानव कल्याणको लागि अझ भनाै निरीह पीडित असाहाय दु:खि निमुखा जो अबसरहरुबाट वञ्चित छ्न् तिनको आवाजलाई बोली रहेको छु भन्ने भयो भने देखि तपाईलाई तपाईको हृदय र ओठले होईन यो ब्रह्माण्डले नै सहयोग गर्न सक्नेछ।

 

 

 

सम्बन्धित शिर्षकहरु