भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकैदिन दुई लाख संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा एक लाख ९९ हजार ५ सय ६९ संक्रमित थपिएसँगै नयाँ रेकर्ड बनेको हो । यो नै दोस्रो लहर शुरु भएसँगै थर्पिको संक्रमित हाल सम्मकै उच्च हो । योसहित त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या १ लाख ७३ हजार पुगेको छ। यसअघि (बुधबार)  वैशाख १ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै १ लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै अमेरिकामा ७८ हजार ३ सय, ब्राजिलमा ७६ हजार, टर्कीमा ६२ हजार ७ सय, फ्रान्समा ४३ हजार ५ सय तथा जर्मनीमा ३२ हजार ५ सय जनामा संक्रमण पुष्टि भएसँगै एकै दिन विश्वभर ८ लाखभन्दा बढी संक्रमित थपिएका छन्।

यस्तै यो अवधिमा ब्राजिलमा ३ हजार ४ सय ६२, अमेरिकामा ८ सय ८१, पोल्याण्डमा ८ सय ३, मेक्सिकोमा ५ सय ९२ तथा इटलीमा ४ सय ६९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा झण्डै साढे १३ हजार संक्रमितको मृत्यु भएसँगै विश्वभर कुल मृतकको संख्या २९ हजार ८४ पुगेको छ।

सम्बन्धित शिर्षकहरु