म्यानमारमा सेनाको गोलीबाट एकै दिन मारिए ८० जना सर्वसाधारण

काठमाडौं । म्यानमारको सैनिक सरकारको दमनबाट एकै दिन ८० जना जनताको मृत्यु भएको छ । उत्तरपूर्वी सहर बागोमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा ८० जना मारिएका हुन्।

यद्यपि, मृतकको शव सेनाले लगेका कारण मारिनेको संख्या योभन्दा बढी हुन सक्ने बताइएको छ। प्रदर्शनमा सेनाले जनतामाथि आक्रमण गर्न ठूला हतियार प्रयोग गरेका थिए। सैनिक शासन लागु भएपछि म्यानमारमा ६०० जनाभन्दा बढीको ज्यान गइसकेको छ।

सम्बन्धित शिर्षकहरु