भारतमा कोरोनाको दोस्रो लहर, एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हादसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्र ३९ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै कर्नाटक छत्तीसगढमा पनि चार हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

भारतमा केही समययता कोरोना संक्रमण निरन्तर बढ्दो छ । संक्रमण नियन्त्रणका लागि महाराष्ट्रलगायत केही राज्यले सामाजिक गतिविधिमा कडाइ गर्ने नियम ल्याएका छन् । तर त्यसको प्रभाव खासै देखिएको छैन ।

सम्बन्धित शिर्षकहरु