काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग गोलरहित बारबारी खेलेको छ । त्रिदेशीय फुटबलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो ।
पहिलो खेलमा कीर्गिस्तानसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि बराबरी खेलेको हो । बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ। यसअघि पहिलो खेलमा किर्गिस्तानलाई हराएको बंगलादेश फाइनलमा पुगेको थियो। अब उपाधिका लागि सोमबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।
यसअघि बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले पराजित गरेको थियो। नेपाललाई भने किर्गिस्तानले गोलरहित बराबरीमा रोकेको थियो। अब फाइलनमा नेपालले बंगलादेशसँग नै खेल्नेछ । फाइनल खेल दशरथ रंगशालमा सोमबार हुनेछ ।








