काठमाडौं । ट्रायलबिनै ४० भारतको जेलमा थुनिएका नेपाली नागरिक दीपक जोशीलाई रिहा गर्न कोलकाता उच्च अदालतले छाड्न आदेश दिएको छ ।
मुद्दाको सुनुवाई सोमबार सकिएको थियो । अदालतले वुधबार जाशीलाई छाड्न आदेश जारी गरेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उनलाई आफ्ना भाइको जिम्मा लगाउन अदालतले भनको छ ।
पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा रहेका दीपकको परिवार इलामको माई नगरपालिका वडा नं. १० को लुम्बाक गाउँमा बस्दै आएका छन् । दीपकबारे सञ्चारमाध्यममा समाचार आएपछि उनका आफन्त भारतस्थित नेपाली दूतावास तथा महावाणिज्य दुतावास पुगेको थियो ।
उनका ३ जना पारिवारिक सदस्यहरु उद्दारका लागि कोलकत्ता पुगेका थिए । दीपकको मानसिक सन्तुलनमा कमोजोरी भएको र उनलाई थुनिराख्नुपर्ने केही कारण नभएको भन्दै अदालतले छाड्न आदेश दिएको हो ।








