फ्रान्सलाई हराउँदै पोर्चुगल बन्यो युरोपियन च्याम्पिएन

3624A8EB00000578-3683538-image-a-34_1468188365389एजेन्सी, पोर्चुगलले आयोजक फ्रान्सलाई हराएर पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि उचालेको छ ।

युरोकपको ३५ औं खेलमा पोर्चुगलले उपाधि उचाल्न सफल भयो । सन् २००४ मा उपविजेतामा सीमित भएको पोर्चुगलल सोमबार बिहान पेरिसको स्टेड डी फ्रान्समा भएको खेलमा फ्रान्सलाई अतिरिक्त समयमा १–० ले हराएर युरोपको च्याम्पियन बनेको हो । सन् २००६ को विश्वकपमा सेमिफाइनल, २००८ को युरोकपको क्वाटरफाइनल तथा २०१२ को युरोकपमा सेमिफाइनलमा पराजित भएको पोर्चुगलले अन्ततः रोनाल्डोको कप्तानीमा महत्वपूर्ण उपाधि उचाल्यो ।

पोर्चुगल युरोकपको उपाधि उचाल्ने १० फरक देश बनेको छ । यसअघि पश्चिम जर्मनी/जर्मनी र स्पेन समान तीन पटक, फ्रान्स दुई पटक तथा ग्रिस, डेनमार्क, नदेरल्याण्डस, चेकोस्लोभाकिया, इटाली र सोभियत युनियन एक एक पटक विजेता बनेका छन् ।

सम्बन्धित शिर्षकहरु