
काठमाडाैँ । नेपाल आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन्। निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनेर विवादित बनेका उनले बिहीबार राजिनामाको घोषणा गरेका हुन्।
यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि शक्ति केन्द्रको सेटिङमा उनी पदमा रहँदै आएका थिए। ‘मिडियाकाे गलत प्रचारबाजीले पद छाेड्न बाध्य भएँ’, अापूर्ति मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा उनले भने। ६ महिना पदावधि बाँकी रहेकाे अवस्थामा पदबाट राजिनामा दिएका हुन्।
खड्काले राजिनामा दिँदै आफुले गरेको काममा सबैतिरबाट अवरोध मात्रै भएको बताए। मैले निगमलाई धेरै माथि उठाएको कुरा मिडिया तथा सरोकारवाला निकाय देखेन्। म निगम जाँदा ऋणमा थियो, अहिले नाफामा छ।
यो स्थितिमा ल्याउन मेरो पनि योगदान थियो हो। जग्गा खरिदको नै कुरा गर्दा मैले विधिपूर्वक नै गरेको थिए। देशमा इन्धनको अवभाव हुने गरेको समस्यालाई देखेर सातवटै प्रदेशमा भण्डारण केन्द्र बनाउने योजनामा आफुलाई असफल मात्रै बनाइएको उनले बताए।
खड्काको कार्यवधी माघमा सकिदै थियो। करिव ६ महिना अघि उनले राजिनामा दिएका हुन्।
जग्गा विवादमा आए पछि आजभन्दा ९ महिना अघि मन्त्रालय तानिएका उनले नयाँ मन्त्रीपरिषद् बनेपछि पुनः निगम जान खेजेका थिए। उनलाई उद्योग वणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नराख्ने मनसाय देखाए पछि उनले राजिनामा दिएका हुन्।
मन्त्री यादवले मिडियाकर्मीहरु सँग कुरा गर्दै भने “मैले निगममा नयाँ र योग्य मान्छे चाहेको छु। उनले अहिले राजिनामा दिएर सहज वातावरण सिर्जना गरेका छन्। “उनको यो कदममा आफु खुसि भएको पनि बताए।








