चार सन्तानसहित कर्णालीमा हाम फालिन् आमा, दुई छोरीको शव फेला

काठमाडौं । आठबिस नगरपालिका ३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् ।

चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सिरता बडुवालको शव अछाम पञ्चदेववल विनायक नगरपालिका ४ कर्णली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएका हुन् ।

३५ वर्षीया आमा सुकु बडुवाल, ८ वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भेटिएको छैन, प्रहरी प्रमुख श्रेष्ठले मंगलबार गोताखोर टोलीबाट शव खोजतलास गरिनेछ ।

बेपत्ता सुकुका श्रीमान् मानसिंह बडुवाललाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।

सोमबार बिहान घरबाट हिँडेका पाँच परिवार माइतमा नभेटिएपछि आफन्तबाट खोजतलास भएको आठबिस नगरपालिकाका उपप्रमुख दिपा बोहेराले बताइन् ।

‘श्रीमानले दिनहुँ मदिारा सेवन गरेर झगडा गर्ने भएपछि आजित भएर नदीमा हाम फालेका हुन सक्छन्’, उनले भनिन् , ‘नदीमै दुई शव भेटिनुले पनि हाम फालेको हुनसक्ने आँकलन गर्न सकिन्छ ।’

सम्बन्धित शिर्षकहरु