सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, बैशाखदेखि राजधानीका धारामा

काठमाडौं, २२ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानीको आयोजनाको पानी काठमाडौँको सुन्दरीजल आइपुगेको छ।

शनिबार आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटमच थिचेर सुन्दरीजलमा पानी खसालेका हुन्।

यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो ।

गत असारमै सुरुङमा पानी परीक्षण गर्ने क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ण्नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि पुनः परिक्षणका लागि भन्दै उक्त कार्य रोकिएको थियो। त्यसपछि गेट लगायत अन्य संरचनाको पुनः जाँच गरी पानी पठाइएको हो।

सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ। सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु