अष्ट्रेलियामा नेपाली सञ्चारकर्मी टीका कार्कीको निधन

अष्ट्रेलिया । अष्ट्रेलियामा नेपाली सञ्चारकर्मी टीका कार्कीको निधन भएको छ । विगत दुई दशक देखि सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

उनी हिमालयन रेडियोका सञ्चालक थिए । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समूदायलाई सुसूचित गर्दै आएको थियो ।

एक्लै बस्दै आएका उनलाई सुतेकै अवस्थामा हृदयघात भएको आशंका गरिएको छ । प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

हाल उनको शव लिडकम्बस्थित शवगृहमा राखिएको छ ।

अष्ट्रेलियामा बस्दै आएका कार्कीलाई नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका थिए ।

उनलाई सुतेकै अवस्थामा हृदयघात भएको आशंका गरिएको छ । स्व. कार्कीको श्रीमती र दुई छोरा नेपालमा रहेका छन् ।

सम्बन्धित शिर्षकहरु