काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड भएको छ।
धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाडौंको हात्तीसारस्थित कार्यालयमा शुक्रबार बिहान ८ बजे महिला आइपीओ बाँडफाँड भएको हो।
गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन्।
उक्त कम्पनीको आइपीओमा आवेदन हालसम्मकै उच्च आवेदन परेको थियो लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेसंगै आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन भएको छ ।
अमहिला लघुवित्तको नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ ।








