चर्चा बटुल्दै सुरेश रमणको औँशिया (भिडियो सहित)


काठमाण्डौ । मेहनती सर्जक तथा लोक गायक सुरेश रमण अधिकारीको नयाँ लोक दोहोरी गीत औंशियाले यतिबेला दर्शक श्रोताको मन जितिरहेको छ । युट्युबमा सार्बजनिक भएको हप्ता दिनमै २ लाख २० हजार भन्दा बढीले हेरेको उक्त गीत यतिबेला लोक संगीतको क्षेत्रमा चर्चाको बिषय बनेको हो ।

सुरेश रमण अधिकारी र नेपालकै सबैभन्दा महंगी गायिका बिष्णु माझीको स्वरमा सजिएको उक्त लोक दोहोरी गीतमा शब्द तथा लय सिर्जना भने गायक सुरेश रमण अधिकारीले नै गरेका हुन । भिडियो सार्वजनिक भएको छोटो समयमा नै युट्युबमा यति धेरै दर्शक पाउनुमा गीतको लय र शब्दमा निहित माधुर्यता र त्यसलाई भिडियोले न्याय गर्न सक्नु प्रमुख कारण भएको गायक तथा सर्जक सुरेश रमणले हामीसंगको कुराकानीमा बताए ।

योग्सना डिजिटलले बजारमा ल्याएको औशियाको भिडियो गुरुआमा ले निर्देशन गरेकी हुन् भने अभिनय चाही चर्चित मोडल रन्जिता गुरुङ र आशिर प्रताप जंगले गरेका छन् । बहुचर्चित दोहोरी गीत बाइ बाइ माया पछि खासै मिडियाको ध्यानमा पर्न नसकेका सुरेश रमणलाइ यो गीतले भने एकै पटक चर्चाको शिखरमा पुर्याएको छ । ‘मेरो गीत अहिले दर्जनौं रेडियोका लोक दोहोरी काउन डाउनमा पहिलो स्थानमा छ भनेर साथीभाइले फोन गरिरहनु भएको छ ।’ गायक सुरेश रमणले भने ।
हेर्नुहोस गीतको भिडियो

सम्बन्धित शिर्षकहरु