प्रधानमन्त्री आफैँले लगाएर अस्ट्रेलियामा सुरु गरे कोरोनाविरुद्धको खोप अभियान

अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

आइतबार मोरिसनसहित केही अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा केयर होमका कामदारलाई खोप दिइएको हो। प्रधानमन्त्री मोरिसनले खोप लगाउँदै गरेको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियाे।

प्रधानमन्त्री मोरिसनले खोप लगाउँदै गरेको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको छ। खोपप्रति सर्वसाधारणको विश्वास बढाउने उद्देश्यसहित प्रधानमन्त्री मोरिसनले खोप लगाएका हुन्।

अस्ट्रेलियामा सोमबारदेखि औपचारिक रुपमा खोप अभियान सुरु हुँदैछ। आउँदो हप्ताभित्र कम्तीमा ६० हजार जोड खोप लगाइने उद्देश्य छ। शनिबार खोप विरोधीहरुको एक समूहले प्रदर्शन गरेको थियो। आइतबार मोरिसनसहित केही अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा केयर होमका कामदारलाई खोप दिइएको हो।

सोमवारबाट औपचारिक रुपमा खोपको सुरुवात हुँदैछ। एक सातामा ६० हजार मानिसले खोप लगाउने अपेक्षा गरिएको छ।

‘भोलिबाट हाम्रो खोप कार्यक्रम सुरु हुनेछ, त्यसको पर्दा उघार्न आज हामीले खोप लगाउँदै – यो सुरक्षित रहेको संदेश दिन चाहन्छौं,’ मोरिसनले भने।

अस्ट्रेलियामा सुरुवात भएको खोप फाइजर हो जसलाई यहाँको सरकारले अनुमति दिएको छ। एस्ट्राजेनिका र अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको खोपलाई पनि सरकारले मान्यता दिएको छ जुन एक महिनापछि लगाउन सुरु गरिने बताइएको छ।

यी दुवैखाले खोप विश्वका धेरै मुलुकमा लगाउन सुरु भइसकेको छ।

अस्ट्रेलियामा प्राथमिकताको सूचीमा रहेका ७ लाख फ्रन्टलाइनमा रहेर काम गर्नेहरु परेका छन्। स्वास्थ्यकर्मी, सीमा सुरक्षा बल र केयर होम तथा घरमा काम गर्नेहरु यो सूचीमा छन्।

सम्बन्धित शिर्षकहरु