काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ ।
पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर समस्यामा परेपछि गुनासो गर्ने क्रम बढेपछि नेपाली दूतावासले भ्रमण भिसामा नजान आग्रह गरेको हो ।
दूतावासका अनुसार श्रम ‚वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यव‚था भए पनि भ्रमण भिसामा आउने क्रम रोकिएको छैन । भ्रमण भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पर्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकमा लैजाने तथा मानव तस्करको सवालमा समेत पर्न सक्ने जाखिम रहेको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि आउने भए श्रम स्वीकृति लिएर सरकारी प्रक्रियाबाट आउन र कसैको प्रलोभनमा परेर रोजगारीका लागि भ्रमण भिसामा नआउनु भनेको छ ।
स्वीकृति नदिई आउँदा समस्यामा परे वा मृत्यु नै भए पनि मानवीयताका नाताले सामान्य सहानुभूतिबाहेक अन्य नीतिगत रूपमा केही गर्न नसकिने स्पष्ट पारेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।








