अष्ट्रेलिया । अष्ट्रेलियाको स्किल्ड इनडिपेनडेन्ट भिसा (सबक्लास १८९) भिसाको लागि सरकारले उमेर हद तोकेको हुन्छ। यो अष्ट्रेलियामा स्थायी रुपमा बसोवास गर्न पाउने र काम गर्न पाउने स्थायी भिसा (पीआर) हो।
यो भिसा अष्ट्रेलियामा आफूले काम गर्ने कम्पनीले स्पोन्सर गरेमा, आफ्नो परिवारको सदस्यले स्पोन्सर गरिदिएमा, राज्य या सरकारको नोमिनेसनमा परेको पेशामा संलग्न भएमा प्राप्त गर्न सकिन्छ। र, यसको लागि स्किल टेस्ट समेत पूरा गर्नुपर्ने हुन्छ।
पीआरको लागि आवेदन दिने व्यक्तिको उमेरदेखि लिएर शैक्षिक योग्यता, चारित्रिक प्रमाण, सिप तथा दक्षता, अंग्रेजी भाषा दक्षता, कामको अनुभव आदिको मापन गरिन्छ। मापन गर्दा पोइन्ट (अंक) दिइन्छ। पीआरको लागि आवेदकले सबैमा गरेर न्युनतम कुल ६५ पोइन्ट्स प्राप्त गर्न जरुरी हुन्छ।
आवेदकको उमेरको लागि पनि अंक छुट्टाइएको हुन्छ। अष्ट्रेलियामा पछिल्लो नियम अनुसार, ४४ वर्ष उमेर भन्दा माथिका व्यक्तिले यो भिसा प्राप्त गर्न सक्दैनन्। त्यसभन्दा मुनिका लागि कुन उमेरको व्यक्तिलाई कति अंक दिइन्छ त ?
यस्तो छ उमेर अनुसार पोइन्ट सम्बन्धि नियम :
१८ देखि २४ वर्ष – २५ पोइन्ट्स
२५ देखि ३२ वर्ष – ३० पोइन्ट्स
३३ देखि ३९ वर्ष – २५ पोइन्ट्स
४० देखि ४४ वर्ष – १५ पोइन्ट्स
-himalayankangaroo.com








